काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनका लागि आर्थिक सहयोग संकलन गर्न सुरू गरेको छ। समाजवादीको १० औं महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक संकलन गर्न सुरू गरेको हो।

पार्टी उपाध्यक्ष तथा महाधिवेशन आर्थिक परिचालन कमिटीका अध्यक्ष प्रमेश हमालको अध्यक्षतामा मंगलबार बसेको बैठकले आर्थिक सहयोग संकलन अभियान सुरू गर्ने निर्णय गरेको हो। समितिले आवश्यक आर्थिक संकलन गर्न रसिद प्याड छाप्ने काम गरेको र रसिद प्याडमा क्यु आर कोड पनि राखिएकाले क्यु आर कोडमार्फत् पनि सहयोग गर्न सकिने सचिव जीवनराम श्रेष्ठले बताए।

अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनका लागि सहयोगस्वरुप २५ हजार रुपैयाँ क्यु आर कोडमार्फत् दिएको उनले बताए। सचिव श्रेष्ठले पार्टीको स्थायी कमिटी बैठक वैशाख २६ गते, पोलिटब्युरो बैठक वैशाख २७ गते र केन्द्रीय कमिटी बैठक वैशाख २८–२९ गते बस्ने पनि बताए। न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय