जीवन बुझ्नुछ त समयमै बुझ्नुपर्छ समस्याहरुले हामिलाई कहिले पनि छोड्दैन जबसम्म हामी रहन्छौ तबसम्म समस्या पनि रहिरहन्छ किन कि समस्या भनेको आफैमा समस्या हैन हाम्रो जिवनमा आएका चुनौती जुन चुनौति सामना गर्न तन मन र कर्मको आवश्यकता पर्दछ, मेहनत को आवश्यकता पर्दछ र हामि यसलाई समस्या बुझ्छौ तर समस्या होइन यो एउटा नौलो अवसर हो ।
केही पाउनु अनि गुमाउनु त जिवनको खेल त हो तर जब उसले प्राप्त गर्न खोजेको वस्तु पाउँछ तब ऊ आनन्द र खुशी हुन्छ । खुबै रमाउँछ पनि । तर भोलिपल्ट फेरि उसको चाहनामा अन्य वस्तुको प्राप्तिभित्र लालच बढ्न थाल्छ । ऊ पुनः अघिकै स्थितिमा पुग्न गई पुनः दुःखी र पीडित बन्न पुग्छ । त्यसपछि प्राप्तिभित्र ऊ भागदौड गर्न थाल्छ । खुशी, आनन्द, दुःख, सुख क्षणिक हो भन्ने कुरा समेत उसलाई बोध हुँदैन । यसरी जीवनले आरोह, अवरोहको अवस्था गुजार्दै प्रकृतिमा विलय हुनु पर्छ, यो यथार्थ हो । जब यो यथार्थको बोध हुने स्थिति मानव चेतनामा जागृत हुने अवस्था आउँछ तब ऊ ज्ञानी र विवेकी बन्न गई सबैको आदर्श बन्न सक्षम हुन्छ ।
अन्त्यमा मानिसको जीवन सुरुवातबाट अन्त्यसम्म भागदौडमै चलिरहने चक्र हो ।
✍️जयन्त भाट बैतडी
