दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिकामा पर्यटकीय सूचना केन्द्र र अपि कोसेली घरको उद्घाटन गरिएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–५ को मकरीगाडमा पर्यटन सूचना केन्द्र र कोसेली घरको शनिबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
उक्त केन्द्रबाट अपिहिमाल लगायतका हिमश्रृङ्खला, धार्मिक स्थल, स्थानिय संस्कृति, बन्यजन्तु तथा जडिबुटी, लगायत पर्यटकीय स्थलहरूको बारेमा जानकारी पाउनुका साथै अबलोकन सहज गराउने उदेश्यले पर्यटनहरूको तथ्यांक संकलनको काम हुने गाउँपालिका अध्यक्ष भगत सिह ठेकरे बोहोराले जानकारी दिए ।

कोसेली घरबाट अपिहिमाल गाउँपालिका भित्र पाईने जडिबुटी स्थानीय उत्पादन डाले चुक, अचार बनाउन प्रयोग गरिने भाँङ्गो अल्लो र भांगो बाट बनेका कपडा, झोला गादिका (जकेट) पाखा सिलाजित, गानान्नो, जौँ बाट बनेको बिस्कुट, मल्देशी जिरा लगायतका समान हरु उपलब्ध हुने अपिहिमाल सहकर्मी भकत सिह धामीले जानकारी दिए ।
