
प्रेमराज जोशी, दार्चुला कात्तिक १६ । दार्चुला तिंकर सडक खण्ड अन्तर्गत कालागाड खोलामा सडक संचालनमा आए सँगै दुहुँ गाउँपालिकाको केन्द्र हिकिला सम्म यातायातका सवारी साधनहरु संचालनमा आएका छन ।
गत भाद्र १३ गते राति परेको अविरल वर्षाका कारण कालागाड खोलामा आएको वाढी र पहिरोले तिंकर सडक खण्ड अन्तर्गतको कालागाड खोलामा ४ सय मिटर सडक पुर्ण रुपले प्रभावित भएको थियो ।
निर्माण ब्यवसायीले दशै अगाडि वाटै काम सुरु गरेको भएपनि चट्टान निकै कडा भएका कारण निर्माणमा केहि ढिलाई भएको निर्माण ब्यवसायीले जनाएको छ ।
मंगलवार वाटो संचालनमा आए सँगै हिकिला सम्म यातायातका सवारी साधनहरु संचालनमा आएका छन ।
अवरुद्ध कालागाड खोलाको सडक संचालनमा आएसँगै दुहुँ गाउँपालिका हुदै ब्याँस गाउँपालिकाको सुन्सेरा सम्म अव छिट्टै यातायातका सवारी साधन संचालन हुने भएका छन् ।
सडक अवरुद्ध भएका कारण दुहुँ गाउँपालिकाको वडा नम्वर २ हिकिला १ पिपलचौरी र ब्याँस गाउँपालिकाका ब्यवसायीहरुले नागरीकलाई प्रत्येक खाद्य वस्तुमा दर भाँउ बढाएको छ । यातायात संचालन सँगै अव नागरीकहरुलाई सहज हुने भएको छ ।