धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वाडा नं ३ मा रहेको कोबिदा इन्टरनेसनल एकेडेमी पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइको केन्द्र बनेको छ।
२०४६ सालमा स्थापित एकेडेमीले समय सापेक्ष शिक्षा र विद्यार्थी अनुकूलित शिक्षाले पछिल्लो समय चर्चा बटुल्न सफल भएको छ। पछिल्लो समय शिक्षाको गुणस्तर खस्किँदै गरेको अवस्थालाई मध्यनजर गर्दै समय अनुकुलित शिक्षा प्रविधिका कारण नगर पालिकाभरिकै उत्कृष्ट एकेडेमी हरूको सूचीमा कोविदा आफ्नो नाम पनि दर्जा गराउन सफल भएको छ। एकेडेमी स्थापनादेखि नै विद्यार्थीहरूको मनोभावना बुझी र पछिल्लो समयको परिवेशलाई बुझ्दै शिक्षामा सुधार ल्याउने प्रयास गरिरहेको र फलस्वरूप उत्कृष्ट रुपमा चिनाउन सफल भएको एकेडेमीका प्रधानाध्यापक पुष्करराज पाण्डेय बताउँछन्।
विद्यालयले विद्यार्थीको क्षमता उकास्नका लागि अतिरिक्त क्रियाकलापका साथै विभिन्न शैक्षिक भ्रमणहरू समेत बेलाबेलामा गर्दै आइरहेको र विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला पुस्तकालय र छुट्टाछुट्टै कम्प्युटर ल्याबको व्यवस्था गरेको र आगामी दिनमा सल्लाह सुझावका साथै समय परिस्थिति अनुसार अगाडि बढ्ने प्रधानाध्यापक पाण्डेय बताउँछन्।
आज विद्यालयले अभिभावक तथा विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा कक्षा ८ मा सतप्रतिशत नतिजा ल्याउन सफल विद्यार्थी र विद्यार्थीका अभिभावकहरुलाई सम्मान गरिएको थियो । विद्यालयले गरेको यो प्रगति र विद्यार्थीले प्राप्त गरेको नतिजाप्रति आफू सन्तुष्ट रहेको एक अभिभावकले बताए । उनले भने पारिवारिक वातावरणमा पढाइ हुने र विभिन्न सेवा सुविधासहित एकेडेमीले लामो समयदेखि विद्यार्थीलाई समय सापेक्ष शिक्षा र जीवन उपयोगी सिप दिइरहेकोले आफू विद्यालयप्रति सन्तुष्ट र आभारी रहेको उनले बताए।
