धनगढी: सामाजिक पहिचान सहितको व्यावसायिक सुरक्षा भन्ने नाराका साथ धनगढीमा नेपाल मोबाइल व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश समिति गठन गरिएको छ।
शनिबार आज नेपाल मोबाइल व्यवसायी महासङ्घका अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा सुरेश सापकोटाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ ।
समितिको प्रथम उपाध्यक्षमा गङ्गाप्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा सुरेश पाठक, महासचिवमा सुवास बम , सचिवमा दिपक भट्ट र कोषाध्यक्षमा हिमाल लम्साल चयन भएका छन्। भेलाबाट सदस्यहरूमा क्रमशः धर्मराज जोशी, गणेश बोगटी, दानसिंह महत, उमेश चौधरी, चन्द्रसिंह धामी, सन्तोष बोहरा, नवीन भट्ट, उमेश बडु, दिपक जाग्री, सन्तोष भट्ट, कमल बुढा, सन्तोष जोशी र संगम रावल चयन भएका छन्।