दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकामा कृषि सम्वन्धि प्राविधिक परामर्श सेवा सचालन गरिरहेको छ । दुहुँ गाउँपालिका कृषि शाखाको आयोजनामा गाउँपालिका भित्रका ५ वटै बडाहरुमा उक्त सेवा संचालन गरिएको हो ।
बर्खेबाली मकै, धान, कोदो र भटमास सम्बन्धि प्राविधिक परामर्श सेवा संचालन गरिएको दुहुँ कृषि शाखा अधिकृत नरेन्द्र बम ठकुरीले जानकारी दिए । प्रत्येक वडामा रहेका प्राविधिकहरुलाई कृषकको घरदैलोमा पठाई प्राविधिक परामर्श सेवा संचालन गरिरहेको छ ।
कृषकहरुका घरघरमा गई प्राविधिकहरुले खेती प्रविधिसम्वन्धि जानकारी गराउने, बालीमा लाग्ने रोगनियन्त्रण, किराहरुको ब्यवस्थापन लगायतका बिषयमा जानकारी गराईरहेका छन ।