दार्चुला– गएराती परेको पानीले दार्चुलाको महाकाली लोकमार्गमा पहिरो खसेको छ । पहिरो खस्दा सङ्क सडक अवरुद्ध भएको छ । जिल्लाको शैल्यसिखर नगरपालिकाको वडा नम्बर ६ पनेबाजँ र तेर्छालेक क्षेत्रको चार ठाउँमा माथीबाट पहिरो खसेर सडक अबरुद्ध भएको स्थानिय बिक्रम सिंह धामीले बताए । उनका अनुसार राती १० बजे बाट भीषण पानी परेपछि लोकमार्ग अबरुद्ध भएको थियो ।
मङ्गलबार राती देखी निरन्तर पानी परिरहेको हुदा अबरुद्ध सडक खुलाउन समस्या परेको र पानी पर्न रोकिएपछी मात्र अबरुद्ध सडक खुलाउन सकिने सडक बिभागका सुपरभाइजर राजेन्द्र सिंह धामीले बताए।
ठाउँठाउँमा सडक अवरुद्ध हुदा छोटो तथा लामो दुरीका सवारी साधनहरुसमेत पनेबाज र तेर्छालेक क्षेत्रमा रोकिदा यात्रु हरु समस्यामा परेका छन् । पानी पर्न रोकिएपछि मात्रै अबरुद्ध सडक खुलाउन सकिने मालिकार्जुन प्रहरीचौकी का प्रहरी हवल्दार ईस्वर बहादुर थापाले बताए।