दार्चुला । दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुबैजनाको शव फेला परेको छ ।
जिल्लाको मार्मा–५ मुरै स्थित गन्याड खोला तर्ने क्रममा बेपत्ता भएका दुबैजनाको शव आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पानीको भेल आएपछि सोही ठाउँ बस्ने २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन बिक खोलाले बगाएपछि बेपत्ता भएका थिए ।
उनीहरुलाई खोज्दैजादा आज विहान साढे ७ बजेतिर २ मिटर तल बासखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
घटना भएको केहीबेरमै इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक दर्शन खड्काको कमाण्डको गएको प्रहरी टोलीले बेपत्ता भएका दुबैजनालाई खोज्न सफल भएको उनले बताए ।
प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
