दार्चुला कात्तिक २१। जिल्लाको शैल्यशिखर नगरपालीका ७ वन्तोली मन्दिरमा लागेको जात्रा हेर्न गएका १ पुरुषको मृत्यु भएको छ ।

जात्राबाट फर्किने क्रममा भिरबाट लडेर कञ्चपुर जिल्ला भिमदत्त नगरपालिका मटेलाका करिब २६ वर्षिय रुपेश रानाको जात्राबाट फर्किने क्रममा भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

भिरबाट लडेर गम्भिर घाइते भएका रानालाई गोकुलेश्वर अस्पताल पुगाउँदा बाटोमै उनको मृत्यु भएको हो । मृतक रानाको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय