धनगढी : गायक गौरवराज जोशीको पहिलो गीत सुन मेरी मधुली सार्वजनिक भएको छ।
डडेलधुरामा जन्मेका गौरव हाल भारतमा बस्दै आएका छन्। उनले भारतबाटै उक्त गीत रेकर्ड गराएका हुन्। उक्त गीतमा लय शब्द सिर्जना स्वयं गौरवराज जोशीकै रहेको छ। लामो समयदेखि गीतसंगीत प्रेमी रहेका जोशी पछिल्लो समय आफ्नै गीत बजारमा ल्याएपछि दर्शक महानुभावहरूको माया पाउन सकेमा अझ नयाँ प्रस्तुतिका साथमा प्रस्तुत हुने बताउँछन्।
पहाडका डाँडा काँडा तथा तराईका सुन्दर फाटहरू देखाइएको उक्त गीतमा मनोज विनोद बागमती र रन्जिताले अभिनय गरेका छन्। उक्त गीत कैलालीको अत्तरियामा रहेको कुसुम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गायक जोशीले बताए । सुन्दर भिडियोको छायाङ्कन भने दीपक ठगुन्नाले गरेका छन्।
