दार्चुला । दार्चुलाको दुर्गम क्षेत्र अपीहिमाल गाउँपालिका १ लुम्चामा नेपाल टेलिकमको टावर जडान गरिएको छ । अपीहिमाल गाउँपालिका र नेपाल टेलिकमको संयुक्त लगानीमा सोमबार टावर जडान सम्पन्न भएको हो ।

गाउँपालिकामा टेलिकम सेवाको द्रुत विस्तारका लागि अध्यक्ष भगतसिंह ठेकरे बोहराको विशेष पहलमा टावर जडान गरिएको हो । केही दिनमा नै टावरबाट फोर जी सेवा संचालन हुने गाउँपालिका अध्यक्ष बोहराले बताए ।

सन्देशमुलक सामग्री प्रकाशित

टेलिकमको टावर जडानपछि गुणस्तरीय सेवा पाउने भन्दै स्थानीय हर्षित भएका छन् । विगत लामो समय देखि यस क्षेत्रमा जनताले भरपर्दो संचार सेवा प्राप्त गर्न सकेका थिएनन् । यस्तै वडा नम्बर ३ स्याउखानीमा पनि केही दिनभित्र टावर निर्माण हुने गाउँपालिका अध्यक्ष बोहराले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय