दार्चुला कात्तिक २२ । जिल्लामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर ४ मर्मती बस्ने ३५ वर्षीया प्रेम महरा रहेका छन ।
सोही गाउँपालिका २ लामबगरस्थित गणेश सिंह बिष्ट र शेरसिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका महराको लटिनाथ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। महरा निर्माणधिन घरमा मिस्त्रीको रुपमा काम गरिरहेको वुझिएको छ ।

थप अनुसन्धान गर्नेका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय