दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकाले दुई वटा ठेक्का सम्झौता रद्ध गर्ने भएको छ । आइतबार पालिकाको तर्फबाट एक सुचना सार्वजनिक गर्दै दुई वटा ठेक्का सम्झौता रद्ध गर्ने  जनाएको छ । गाउँपालिकाले प्रशासकीय भवन निर्माण र १० शैय्याको अस्पताल भवन निर्माणको ठेक्का सम्झौता रद्ध गर्न लागेको हो ।


जगदम्बा कौशिल यमुना जेभी, बुद्धनगर–१० काठमाडौंले निर्माणको जिम्मा पाएको अस्पताल निर्माण भवन दुहुँ गाउँपालिका–४ र वाई आर निर्माण कम्पनी प्रालि महेन्द्रनगर, कन्चनपुरले निर्माणको जिम्मा पाएको गाउँपालिकाको प्रशासकीय भवनको ठेक्का सम्झौता रद्ध गर्ने भएको हो ।

निर्माण कार्य सम्पन्न गर्ने अवधि समाप्त भइसकेको र पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत तोकिएको अवधिभित्र कार्य पूरा नगरेको र कार्य प्रगति सन्तोषजनक नदेखिएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ तथा दफा ६३ को १ (ग) बमोजिम ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

यदि ठेक्का सम्झौता रद्ध गर्नु नपर्ने मनासिव कारण भएमा एकहप्ता भित्र निर्माण व्यवसायी स्वयं उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्नुहुन भनिएको छ । दुहुँ गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य पूरा हुन सकेको छैन् । यस्तै धारीमा निर्माण हुने १० शैय्याको अस्पताल भवनको निर्माण कार्य सुचारु हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय