धनगढी । नेपाल मोबाइल व्यवसाय महासङ्घ सुदूरपश्चिम प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा दृष्टि फाउन्डेसनमा सहयोग गरेको छ।

धनगढीमा रहेको बेसाराहरूको सहारा दृष्टि फाउन्डेसनमा नेपालमा मोबाइल व्यवसायी सङ्घले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा सहयोग गरेको हो।

धनगढीमा रहेको दृष्टि फाउन्डेसन विगत लामो समयदेखि घरबारविहीन तथा टुहुरा बालबालिकाहरूका लागि आश्रयस्थल बनेको छ। सो आश्रय स्थलमा अहिले २० जना भन्दा बढी बेसाहाराहरू बस्दै आएका छन्। सोही बेसारा हरूको आश्रय स्थल दृष्टि फाउन्डेसनलाई सहयोग पुगोस् भन्ने उद्देश्यले  मोबाइल व्यवसाय सङ्घ सुदूरपश्चिम प्रदेश शाखाले सो स्थानमा सहयोग गरेको मोबाइल व्यवसाय महासङ्घ सुदूरपश्चिमका सदस्य उमेश बडुले बताए ।

फाउन्डेसनलाई सहयोग गर्ने उद्देश्यले चामल तेल दाल फलफुल लगायत विभिन्न सामग्री हरु हस्तान्तरण गरेको उनले बताएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय