दार्चुला कात्तिक २४ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले दार्चुलाको गोकुलेश्वर विमानस्थल र मालिकार्जुन धामको विकासका निमित्त आवश्यक वजेट ब्यवस्थापन गर्ने वताए ।
जिल्लाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बसपार्कमा आयोजित नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री आलेले यस्तो वताउनु भएको हो ।
गोकुलेश्वर विमान स्थलमा वजेट न्युन रहेकोले आवश्यक सवै वजेट मन्त्रालयवाट विनियोजित गरी छिट्टै संचालनमा ल्याउने वताए ।
मालिकार्जुन धामको विकासका लागि आवश्यक बजेटको विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दार्चुला जिल्ला कमिटी घोषणा गरिएको छ । नौगाड घर भएका बिरबहादुर ठगुन्ना को अध्यक्षतामा ५१ सदस्यिय जिल्ला कमिटी घोषणा गरिएको हो ।
कमिटी उपाध्यक्षमा रुक्मती जागरी, राधिका अवस्थी र किशनसिह धामी (प्रेमसिह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष) चयन हुनुभएको छ । सचिवमा जनकसिंह डागा र उपसचिवमा गंगादत्त जोशी, बिष्णुराम हुम्ली, यमुना जोशी र बाशुदेब जोशी चयन हुनुभएको छ ।
नेकपा एसका केन्द्रिय अध्यक्ष एबं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा जिल्ला कमिटी घोषणा गरिएको हो ।
जिल्ला कमिटीमा चयन भएका सबैलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराएका छन ।
अध्यक्ष नेपालसंगै स्थायी कमिटी सदस्य भानुभक्त जोशी, पोलिटब्युरो सदस्य एबं सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले लगायत नेताहरु गोकुलेश्वर आएका थिए ।