
दार्चुला कात्तिक २४ । नेपाली कांग्रेस दार्चुलाको जिल्ला कार्यसमितिको बैठक सम्पन्न भएको छ । दार्चुलामा अगामी मंसिरको ४ गते क्षेत्रिय तथा ७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेर वैठक सम्पन्न भएको कांग्रेस जिल्ला सभापति ललित सिह वोहराले जानकारी दिए । जिल्लाको लेकम क्षेत्रमा हुने जात्रा सम्म अधिवेशन गर्न सम्भव नभएपछि सार्ने निर्णय गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति बोहराले जानकारी दिए । यसअघि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले दार्चुलामा कार्तिक २७ गते क्षेत्रिय अधिवेशन तथा मंसिर १ गते जिल्ला अधिवेशन गर्न पत्राचार गरेको थियो ।
लेकम क्षेत्रका विभिन्न मन्दिरहरुमा लाग्ने जात्रा सम्म अधिवेशन गर्न असम्भव भएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले क्षेत्रिय अधिवेशन मंसिर ४ र जिल्ला अधिवेशन मंसिर ७ मा गर्नै केन्द्रीय निर्वाचन समितिलाई निर्णय सहित पत्राचार गरेको सभापति बोहराले बताए ।
मंसिर ७ गते हुने जिल्ला अधिवेशनको उद्घाटन नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले उद्घाटन गर्ने कार्यक्रम रहेको सभापति बोहराले जानकारी दिए ।