दार्चुला कात्तिक २५ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीबार विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।
घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ । अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको विप्लव समूहले जनाएको छ ।
यसै विच दार्चुला जिल्लामा पनि विरोध प्रदर्शन कार्यक्रम गरिएको छ । कालापानी, लिपुलेख र लिम्पियाधुरा क्षेत्रमा वसोवास गर्ने जनताहरुको जनगणनाको माग सहित वसपार्क क्षेत्र देखी पुलघाट सम्म ¥याली निकाली विरोध प्रर्दशन गरिएको जिल्ला ईन्चार्ज भरत मल्लले जानकारी दिए ।