दार्चुला,कात्तिक २६ । नेपाल–भारतको सीमा क्षेत्र जोलजिविमा लाग्ने ऐतिहासिक एबं सास्कृतिक जोलजिवि ब्यापार मेलाको तयारी तिब्र पारिएको छ । हरेक बर्ष नोभेम्बर १४ देखि लाग्ने ऐतिहासिक जोलजिवि मेला विगत दुई बर्ष देखि कोरोना महामारीका कारण औपचारीक रुपमा लाग्न सकेको थिएन । यस बर्ष मेला मनाउनका लागि दुबै देशतर्फ तयारी भइरहेको छ । जोलविवि मेलामा मालिकार्जुन गाउँपालिका र वडा नम्बर ७ ले संयोजन गर्ने बताइएको छ । महोत्सब आयोजना गर्नका लागि पाँच सदस्यिय समिति गठन गरिएको छ । राजेन्द्रसिह धामीको संयोजकत्वमा कृष्ण धामी, बहादुर खत्री, दशरथ चन्द र जनकराज जोशी सदस्य रहनेगरी महोत्सब आयोजक समिति गठन गरिएको हो ।

महोत्सबमा स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुती, व्यापारीक स्टलहरु राखिने र मौलिक संस्कृतिमा आधारीत प्रदर्शनीहरु समेत गरीने समिति सदस्य कृष्ण धामीले बताउनुभयो । ऐतिहासिक जोलजिवि मेला १४९ बर्ष पुरानो हो । महाकाली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गर्दछ । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको किम्बदन्ती छ ।

त्यो समयको यो मेलामा नेपाल र भारतका ब्यापारीका साथै चीनको तिब्बतका ब्यापारीहरुले समेत ब्यापार गर्ने गरेका थिए । सन् १९६२ को भारत–चीन युद्ध पछि तिब्बतका ब्यापारीहरुले मेलामा भाग लिन छोडेको बताइन्छ । जोलजिवि मेलामा बाजुरा, जुम्ला तथा हुम्लाका घोडा, विभिन्न क्षेत्रका कपडा तथा खाद्यान्नको समेत ब्यापार हुने गरेको छ । सारथी खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय