दार्चुला कात्तिक २७ । स्थानिय सरकारहरुको लगानी पशु क्षेत्रमा शुन्य रेहेको छ । स्थानिय सरकारहरुले कृषि र पशु क्षेत्रमा कुल वजेटको १५ प्रतिशत रकम छुट्टाउनु पर्ने प्रावधान रहेको भएपनि दार्चुलाका कुनै पनि स्थानिय तहले लागु गरेका छैनन ।
जिल्लाका ९ वटा स्थानियतहहरुमध्ये पशु क्षेत्रलाई सवैभन्दा प्राथमिकतामा मार्मा गाउँपालिका र दुहुँ गाउँपालिकाले राखेको छ । जसमा मार्मा गाउँपालिकामा यो आर्थिक वर्ष पशु क्षेत्रमा ४० लाख रुपैया वजेट रहेको छ भने दुहुँमा ३३ लाख रुपैया रहेको छ ।
त्यस्तै जिल्लाको महाकाली नगरपालिकाले यो आर्थिक वर्ष पशुको क्षेत्रमा १२÷१५ लाख, अपिहिमाल गाउँपालिकाले शुन्य, ब्याँस गाउँपालिकाले ६ लाख रुपैया विनियजन गरेको छ ।
शैल्यशिखर नगरपालिका प्रमुख अमर सिह धामीलाई यो विषयमा सम्पर्क गर्दा गत वर्ष राजश्व वाडफाडको पैसा माथिवाटै नआएको र विकास निर्माणको वजेट पनि काटेर कोरोनामा खर्च भएका कारण पशु क्षेत्रमा रकम छुट्टाउन नसकेको र यो वर्ष मिलाएर राखेको जानकारी दिए ।
त्यस्तै मालिकार्जुन गाउँपालिकाले यो आर्थिक वर्षमा ९ लाख,नौगाड गाउँपालिकाले १६ लाख र लेकम गाउँपालिकाले ३० लाख रुपैया वजेट विनियोजन गरेका छन ।
स्थानिय सरकार प्रमुखहरुले कृषि र पशु क्षेत्रलाई गहिरो रुपमा नलिएका कारण यस क्षेत्रमा लगानी हुन नसकेको स्थानियहरु वताउन्छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs