दार्चुला, कात्तिक २७ । जिल्लाको मालिकार्जुन गाउँपालिका संग सीमाना जोडिएको भारतीय बजार जौलजीविमा भोली (नोभेम्बर १४ तारिख) का दिन देखी लाग्ने मेलाको उद्घाटन उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले गर्ने भएका छन् । कोरोनाका कारण लगातार दुई वर्ष हुन नसकेको व्यापारिक मेला यस वर्ष लाग्ने मेला आयोजक समितिले जनाएको छ ।
व्यापारको दृष्टिकोणले निकै ठुलो मानिने जौलजिवि मेलामा किनमेल गर्नेको अत्याधिक भिड लाग्ने गर्दछ । परापुर्व काल देखी अस्कोटी राजाहरुले जौलजिवि मेलाको आयोजना गरी मनाउने सुरुवात गरेको पाइन्छ ।
मेलामा यस क्षेत्रका विभिन्न संस्कृति तथा भेषभुषा झल्कने साँस्कृतिक झाकी प्रदर्शनी, कृषि उत्पादनका बस्तु, डोकोडालो, सुप्पा तथा माटाका भाँडाकुडा समेत व्यापारीहरुले विक्री गर्ने गर्दछन् । नोभेम्बर १४ तारिख देखी २४ तारिख सम्म १० मेला लाग्ने जनाइएको छ ।