दार्चुला । हिमाली जडिबुटीहरुकाे संरक्षण र दिगो व्यापार सम्बन्धि सरोकारवला निकायहरु संग अन्तरक्रिया गरिएको छ ।
बिहिवार जिल्ला सदरमुकाम खलंगामा यु.के सरकारको आर्थिक सहयोग तथा एन्साब नेपाल र सामुदायिक बन उपभोक्त महासंघ नेपालको साझेदारीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा एन्साब नेपालका बन अधिकृत शुशिला भट्टले हिमाली क्षेत्रमा पाइने जडिबुटी हरुको दिगो संकलन, बजारीकरण र व्यापार सम्बन्धि सचेतनामुलक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिती दार्चुलाका प्रमुख महादेव बडु, जिल्ला बन कार्यालय दार्चुलाका प्रमुख प्रमानन्द कुवर, अपिनम्पा संरक्षण क्षेत्र दार्चुलाका प्रमुख संरक्षण अधिकृत बिनय झा, लगायत जडिबुटी ब्यापारी एवं संकलन कर्ता हरुको उपस्थिति रहेको थियो ।
