दार्चुला कात्तिक २९ । छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा जिल्लाकै सर्वाधिक धनराशी भएको पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
मङ्सिर ४ गतेबाट सदरमुकाम खलंगाको खुलामञ्चमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख ११ हजार १११ रुपैयाँ शिल्ड मेडल र द्वितीय पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ शिल्ड मेडल रहेको छ । सबै खेलमा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्डर, वेस्ट सटर, वेस्ट स्पाईकर, र अनुशासित टिमलाई ट्रफि प्रदान गरिनेछ ।
खुला पुरुष भलिवल प्रतियोगितामा जिल्लाबाहिरका एक टिममा तीन जना खेलाडी सहभागिता गराउने प्रावधान राखिएको खेलकुद प्रतियोगिता संरक्षक अमन बोहराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय