दार्चुला – दार्चुला जिल्लाको नौगाड गाउँपालिका–५, सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी बिहीबार मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार उनी रूडीखेतको खोलामा मृत फेला परेका हुन्। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ, र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यस घटनाले स्थानियहरूमा शोक र चिन्ता छाएको छ।
