दार्चुला – अपिहिमाल गाउँपालिका र भिजन टुगेदर नेपालको संयुक्त आयोजनामा आजदेखि दुई दिने निःशुल्क आँखा शिविर सुरु भएको छ। यस शिविरलाई च्यारीटी, दृष्टि आई फाउन्डेसन, र हिमालयन आई प्रोजेक्टले सहयोग गरेका छन्।

गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराका अनुसार शिविर आज र भोली सञ्चालन हुनेछ। पहिलो दिन ८३ जनाले ऐनेस्थेसिया शान्ता शेर्पा र ओटी मनीष खतिवडाको टोलीबाट आँखा जाँच गराएका छन्। तीमध्ये २० जनाको आजै शल्यकृया सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावलले जानकारी दिनुभयो।

भोलीपनि शिविर जारी रहने भएकाले आँखासम्बन्धी समस्या भएका सबै बिरामीलाई सेवा लिन आग्रह गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय