दार्चुला – अपिहिमाल गाउँपालिकाले राष्ट्रिय भलिबल टिमकी खेलाडी निरुता ठगुन्ना र सुदूरपश्चिम प्रदेश भलिबल टिमका क्याप्टेन नवराज धामीलाई सम्मान गरेको छ। शनिवार आयोजित विशेष कार्यक्रमका बीच दुबै खेलाडीलाई खादा, माला, र प्रमाणपत्र प्रदान गरिएको हो। गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा, उपाध्यक्ष देवकी देवी बोहरा, र प्रशासकीय अधिकृत इन्द्र बहादुर रावलसहित गाउँपालिकाको टिमले खेलाडीलाई सम्मानित गरेको हो।

दार्चुला जिल्लाको नौगाड गाउँपालिका निवासी निरुता ठगुन्ना राष्ट्रिय भलिबल टिममा आवद्ध छिन् भने शैल्यशिखर नगरपालिकाका नवराज धामी सुदूरपश्चिम प्रदेशको भलिबल टिमका क्याप्टेनको जिम्मेवारीमा छन्। अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराका अनुसार खेलाडीहरूलाई हौसला दिन र प्रोत्साहित गर्न सम्मान कार्यक्रमको आयोजना गरिएको हो। यसअघि दुबै खेलाडीलाई उनीहरूका गृह पालिकाहरूले नगदसहित सम्मान प्रदान गरेका थिए।

यो सम्मानले स्थानीय खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाले खेलकुदको विकासमा निरन्तर योगदान पुर्याउने प्रतिवद्धता जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय