दार्चुला, कात्तिक ३० । जिल्लाको लेकम गाउँपालिकाको कार्यालय रातामाटा सारिएको छ । मन्त्रिपरिषद्ले तोकेको रातामाटामा केन्द्र स्थानान्तरण गरि वुधवारबाट औपचारिक रुपमा कामकाज सुरु हुने वडा सदस्य पदमराज जोशीले बताए । हालसम्म गाउँपालिकाको प्रमुुख प्रशासनिक भवनको रुपमा रातामाटा रहेको थियो ।
विद्यालयको भवनबाट कामकाज गरिरहेको गाउँपालिकाले मंगलवार स्थायी केन्द्र रातामाटामा स्थानान्तरण हुन लागेको वताएको छ । सुरक्षाकर्मीको सहयोग लिइ साविकको कार्यालय खरकडाबाट मंगलवार रातामाटा भौतिक समानहरु सार्ने काम भइरहेको र वुधवार उद्घाटन गरिने सदस्य जोशीले बताए ।
गाउँकार्यपालिकाले समेत गाउँपालिकाको कार्यालय रातामाटा सार्ने र त्यहिवाट कामकाज शुरू हुने भनि सूचना समेत टाँस गरेको छ ।