दार्चुला – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर-२ भगवतीका ५२ वर्षीय एक पुरुष १६ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाले जबरजस्ती करणीको कसुरमा अनुसन्धान अघि बढाएको छ।
उक्त पुरुषलाई कार्तिक २ गते पक्राउ गरिएको हो। जिल्ला अदालत दार्चुलाले आइतबार (हिजो) थप प्रमाण संकलन र अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न प्रहरीलाई अनुमति दिएको छ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको भए पनि रिपोर्ट अहिलेसम्म प्रहरीलाई प्राप्त भएको छैन, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो। पीडित र आरोपित दुवैको गोपनीयता कायम राख्न नाम सार्वजनिक नगरिएको बताइएको छ।
