दार्चुला –उद्योग वाणिज्य संघ दार्चुलाले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताला लगाएको छ। व्यापारीले भन्सार काटेर ल्याएको सामानमा प्रहरीले छापा मारेको विरोधमा तालाबन्दी गरिएको हो।

संघका कार्यवाहक अध्यक्ष विशनसिह बोहराले सुरक्षाकर्मीले समान भन्सार कटाउन लगाएर फेरि छापा मार्ने र पसल बन्द गराउने कामको विरोधमा तालाबन्दी गरिएको बताए।

महाकाली नगरपालिका–४ मा बिरबहादुर बोहराको बीएम जनरल स्टोर र करन सिंह ठगुन्नाको किराना पसलबाट प्रहरीले भन्सार छलीका २ लाख ८४ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको थियो।

प्रहरीले आटा, चिनी, तेल, चप्पल र किराना सामानसहित दुवै व्यापारीलाई नियन्त्रणमा लिएको छ। तालाबन्दीले नेपाल–भारत आवतजावत ठप्प भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय