काठमाडौं, २ कात्तिक — बालिकाहरूलाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–३ की ४३ वर्षीय सीता गोतामे रहेकी छिन्, जो हाल काठमाडौंको मुलपानीमा बस्दै आएकी थिइन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई २ कात्तिकमा मुलपानीबाट पक्राउ गरेको हो। ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार गोतामेले चार बालिकालाई बन्धक बनाई उनीहरूलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको पाइएको छ।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको र बालिकाहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय