धनगढी – कैलालीको धनगढीमा खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका-७ मनेहरा सिविरबाट प्रहरीले २२ वर्षीय नरेश राना र २८ वर्षीय सेवाराम रानालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई २ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित फेला पारेको जनाएको छ। लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका युवाहरूमाथि लागुऔषध ओसारपसार र प्रयोगसम्बन्धी अनुसन्धान जारी रहेको छ।
