काठमाण्डौ,कात्तिक ३० । कोरोना महामारीको बेलामा पनि नेपालमा कफीको निर्यात् उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७र७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात् गरेको छ ।

तथ्यांकले कोरोना महामारीमा पनि नेपालमा यसको निर्यात् उत्साहजनक देखिएको पुष्टि गरेको हो । कोरोनाका कारण विश्व नै आर्थिक संकटमा परेको बेलामा पनि नेपालमा भने यसको निर्यात् करिब डेढ वर्षको बीचमा दोब्बर देखिएको भन्सार विभागको तथ्यांकले नै पुष्टि गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईले जानकारी दिनु भयो । १७ औं कफी दिवसको अवसर पारेर मंगलबार कीर्तिपुरमा पत्रकार सम्मेलन गरी उहाँले कोरोना कालमा पनि कफीको निर्यातमा देखिएको उत्साहले नेपालको समृद्धिमा पनि यसले महत्वपूर्ण योगदान पुर्याउन सक्ने देखिएको स्पष्ट पार्नु भयो ।

‘कफीको उत्पादन र उत्पादकत्व अत्यन्तै न्यून भए पनि विगत डेढ वर्षको सिनारियो हेर्दा विश्व कोभिडको चपेटामा छ । विश्व आर्थिक संकटमा परेको बेलामा पनि कफीले आर्थिक पाटोमा केही हदसम्म पोजेटिभ इन्डिकेशन गरेको देखिन्छु कार्यकारी निर्देशक भट्टराईले भन्नु भयो, ुआर्थिक वर्ष २०७६र७७ को भन्सार विभागको डाटालाई हेर्दा ५ करोड ७७ लाखको कफी जो निर्यात भएको थियो भने २०७७र७८ को डाटालाई हेर्दा ९ करोड ६० लाखको कफी निर्यात भएको देखिन्छ । यसले के देखिन्छ भने कोभिडले विश्व चपेटामा परेको बेलामा पनि एक वर्षको डाटामा नेपालले कफीमा करिव दोब्बर निर्यात गरेको देखिन्छ ।’

बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ । बोर्डका कार्यकारी निर्देशक भट्टराईले युवाहरुलाई रोजगारीको अवसर दिन र मुलुकको समृद्धिमा योगदान पुर्याउन पनि आगामी आर्थिक वर्षबाट यो कार्यक्रम सञ्चालन गर्ने योजना तय गरिएको बताउनु भयो ।

बोर्डले त्यसका लागि प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशहरुमा कफी खेतीको विस्तारका लागि आवश्यक नीतिगत योजना तय गरिएको पनि जनाएको छ । पत्रकार सम्मेलनमा मंसिर १ ९भोलि०देखि लागू हुनेगरी कफीको मूल्य पनि सार्वजनिक गरेको छ । बोर्डका अनुसार किसानको लागत मूल्य र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर यस वर्ष पनि कफीको मूल्य निर्धारण गरिएको हो ।

जसअनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । त्यसैगरी ग्रेड बी को सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ । पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी चार सय ५० रुपैयाँ र ग्रेड बी त्यही कफीको मूल्य तीन सय ९७ निर्धारण गरिएको छ । बोर्डले ड्राइचेरी ग्रेड ए कच्चा कफीको प्रतिकेजी मूल्य एक सय ४८ रुपैयाँ मूल्य तोकेको छ भने बी ग्रेडको त्यही कफीको प्रतिकेजी मूल्य ९५ रुपैयाँ निर्धारण गरेको छ ।

बोर्डले उत्पादन क्षेत्र र उत्पादकत्व बढाएर नेपालमा पनि माग अनुसार कफी आपूर्ति गर्ने योजना अघि सारेको छ । कार्यकारी निर्देशक भट्टराईले नेपाली कफीको आन्तरिक तथा बाह्य बजारमा ठूलो डिमान्ड रहेको उल्लेख गर्दै त्यही अनुसार यस क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता समेत जनाउनु भयो । नेपालमा मंसिर १ गते कफी दिवस मनाउने गरिन्छ । उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय