दार्चुला — मार्मा गाउँपालिका वडा नम्बर ३ सल्लेधुम बदुरेकी ५० वर्षीया काली बिष्टको मंगलबार (आज) विहान भिरबाट लडेर ज्यान गएको छ।
खर काट्ने क्रममा भिरबाट लडेकी बिष्ट गम्भीर घाइते भएपछि उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै (अनरखोलीमा) मृत्यु भएको स्थानीय समाजसेवी पुष्कर सिंह बिष्टले जानकारी दिएका छन्।
यस दुखद घटनाले स्थानीय स्तरमा शोक छाएको छ। ग्रामीण भेगमा जोखिमपूर्ण स्थानहरूमा काम गर्नुपर्ने अवस्थाका कारण यस्ता दुर्घटनाहरू भइरहँदा सुरक्षाको विषयमा थप सचेतना आवश्यक देखिएको छ।
