दार्चुला — मालिकार्जुन गाउँपालिका वडा नम्बर–४ मा रहेको हुनैनाथ मन्दिर (औतालेक)को मन्दिर निर्माण र पहिरो नियन्त्रणको काम अघि बढ्ने भएको छ। संघीय सरकारअन्तर्गत वन तथा भू–संरक्षण मन्त्रालयले एक करोड रुपैयाँको बजेटमा मन्दिर क्षेत्रमा पहिरो नियन्त्रणको काम गर्नेछ भने पूर्वाधार विकास कार्यालयको अर्को एक करोडको बजेटमा मन्दिर निर्माण गरिनेछ।

मंगलवार (हिजो) प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सांसद विक्रम सिंह धामी, मालिकार्जुनका पूर्वअध्यक्ष नरेन्द्र सिंह धामी, मन्त्रालय र कार्यालयका अधिकारीहरू, वडा नम्बर–४ का अध्यक्ष धनसिंह धामी, मन्दिर व्यवस्थापन समिति, पत्रकार, र स्थानीय समाजसेवीहरूले स्थलमै पुगेर डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माण र पहिरो नियन्त्रणका उपायबारे छलफल गरेका छन्।

स्थानीयले पहिरो नियन्त्रणलाई दिगो र प्रभावकारी तरिकाले सम्पन्न गर्न प्राविधिक टोलीलाई आग्रह गरेका छन्।

यस्तै, मालिकार्जुनकै बाकुँस्थित कुजानी भिरमा पहिरो नियन्त्रण र बाटो निर्माणको डीपीआर तयार गर्नका लागि आज थप छलफल हुने भएको छ। संघीय सरकारले कुजानी भिरमा पहिरो नियन्त्रण र बाटो निर्माणका लागि पनि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय