धनगढी, मंसिर ०१ । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा आर्थिक लेनदेनका घटना एकपछि अर्को बढ्दै गएको पाइएको छ। तुलनात्मक रुपमा स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले देखाएको हो।

भ्रष्टाचारविरुद्ध नागरिक समाजले पटकपटक खबरदारी गर्दै आए पनि झनझन बढ्दै गएको नागरिक समाज कञ्चनपुरका सचिव कोमल निरञ्जन भाटले बताए। ‘यहाँका स्थानीय तहमा देखिएको भ्रष्टाचारको जालो तोड्नै नसकिने गरी बढेको छ,’ उनले भने, ‘नागरिकको नजिकको सरकारको रूपमा रहेको स्थानीय तहहरूमा आर्थिक अनियमितताले चर्को रूप लिएको छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारसम्बन्धी उजुरीको आँकडाले उक्त क्षेत्रमा अत्यधिक अनियमितता हुने गरेको देखिएको हो। सबैभन्दा बढी स्थानीय तहमा भ्रष्टाचार भएको उजुरी दर्ता भएको आयोगको ३१औं वार्षिक प्रतिवेदनले देखाएको छ। दिनेश खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय