दार्चुला-दार्चुलाको शैल्यशिखर नगरपालिका अन्तर्गत साविकको ग्वानी गाविस वडा नम्बर ७ निवासी पूर्व वडा सदस्य तथा समाजसेवी तारासिंह डाँगाको भिरबाट लडेर मृत्यु भएको छ।
अन्दाजी ५० वर्षीय डाँगा २०५४ सालमा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए। खर काट्ने क्रममा अचानक भिरबाट लडेपछि घटनास्थलमै उनको ज्यान गएको जनाइएको छ।
