दार्चुला – शैचालय दिवसको अवसरमा श्री हुनैनाथ माध्यमिक विद्यालय, लेकम-४, रातामाटा, दार्चुलामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका शिक्षकहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यक्रममा शौचालय सरसफाईसँगै स्वच्छ र स्वस्थ वातावरणको महत्वबारे सचेतना सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा सरसफाईको आवश्यकता र लाभका बारेमा छलफल गर्दै शिक्षालयको वातावरणलाई सफा राख्नुपर्ने जिम्मेवारीमा जोड दिइएको थियो। सरसफाईमार्फत स्वास्थ्य र वातावरणीय संरक्षणको सन्देश दिन शिक्षण संस्थाले गरेको यो पहललाई स्थानीय स्तरमा पनि सकारात्मक रूपमा लिइएको छ।
