दार्चुला – शैल्यशिखर नगरपालिका–२ देथलाबाट २० वर्षीय रमेश भट्ट र नौगाड गाउँपालिका–६ का ७१ वर्षीय कासी सिंह धामी २ सय ग्राम चरेशसहित बिहीबार पक्राउ परेका छन्, जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी दिएको छ।
