दार्चुला – जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुला र यस कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले दार्चुला जिल्लाका मुख्य सडक खण्डहरूमा सवारी साधनहरूको चेकजाँच गरेको छ। चेकजाँचका क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, अत्यधिक सामान बोक्ने र सुरक्षासम्बन्धी नियम उल्लङ्घन गर्ने सवारी साधनहरूमाथि विशेष निगरानी राखिएको थियो।

सम्भावित दुर्घटना र यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै गरिएको चेकजाँचमा भाडाका सवारी साधनमध्ये सिट क्षमताभन्दा बढी यात्रु बोकेका पाँचवटा सवारी साधनसहित विभिन्न नियम उल्लङ्घन गर्ने अन्य १२ वटा सवारी साधन पनि समावेश भए। यसरी जम्मा १७ वटा सवारी साधनलाई कारबाही गरिएको हो।

प्रहरीले नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई चेतावनी दिँदै आगामी दिनमा यात्रुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्दा दुर्घटना र यात्रुहरूको सुरक्षामा जोखिम बढ्ने भएकाले ट्राफिक नियमको पालना गर्न सबैलाई सचेत गराइएको छ। साथै, आगामी दिनहरूमा पनि यस किसिमको चेकजाँचलाई निरन्तरता दिइने जानकारी ट्राफिक कार्यालयले दिएको छ।

सवारी सुरक्षालाई उच्च प्राथमिकता दिँदै, ट्राफिक प्रहरीले नियम विपरीत सवारी साधन चलाउने चालकमाथि थप कडाइ गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय