काठमाडौंको अनामनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी प्रोमो सार्वजनिक गर्दै टेलिसिरियल ‘गाह्रो छ हो’ को सिजन २ प्रसारण हुने घोषणा गरिएको छ। सिरियलका लेखक, निर्देशक तथा मुख्य कलाकार बेगम नेपालीले दर्शकको चाहना अनुसार कलाकारहरुमा परिवर्तन गर्दै र मेकिङलाई थप स्तरिय बनाउँदै सिजन २ ल्याइएको जानकारी दिए।

सिरियल आगामी सोमबारदेखि एपिवन टेलिभिजनमा राति ८ बजे र भटभटे माइला युट्युब च्यानलमा राति ८:३० बजे प्रसारण हुनेछ। प्रोमो सार्वजनिक कार्यक्रममा शिवहरी पौडेल, शंकर आचार्य, कृष्ण सिवाकोटी, किशोर भण्डारी, लोकेन्द्र लेखक, सुरज चापागाईँ, मरिचमान श्रेष्ठ, सुबोध गौतम, दिनेश काफ्ले, सुरेश थापा लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो। उपस्थित कलाकारहरूले सिरियलको सफलताको कामना गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय