दार्चुला – अपिहिमाल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा आज विधिवत रूपमा पूजापाठ गरी कार्यालय सञ्चालनमा आएको छ। उक्त कार्यक्रममा गाउँपालिकाका आदरणीय अध्यक्षज्यूले उपस्थित जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई सम्बोधन गर्दै निर्माण कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिनुभएको छ। साथै, उक्त नवनिर्मित भवनबाट अपिहिमाल गाउँपालिकाका आदरणीय जनसमुदायलाई दिनुपर्ने सेवा सुविधाहरू छिटो, छरितो र सरल प्रक्रियाबाट उपलब्ध गराउन मातहतका निकायहरूलाई अनुरोध गर्नुभएको छ। वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्रसिंह धामीज्यूले जानकारी दिनुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय