नेकपा माओवादी केन्द्र अपिहिमाल ०६ को वडा कमिटी गठन
दार्चुला । नेकपा माओवादी केन्द्र अपिहिमाल गाउँ पालिका वडा नम्बर ०६ को वडा कमिटी गठन गरिएको छ । वडा कमिटी गठन सनिवार वडा नम्बर ०६ को मज्जेमा गरिएको हो ।
वडा कमिटी गठन करबिर सिह महताको सभापतित्व तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ललित सिह ठगुन्ना ( प्रविण) को प्रमुख आथित्यतामा सम्पन्न भएको हो । कमिटी गठनमा करबिर सिह महताको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको अपिहिमाल गाउँ पालिका YCL इन्चार्ज गोबिन्द सिह धामीले बताए । उनका अनुसार अध्यक्ष करबिर सिह महता , उपाध्यक्ष बिरसिह जागरी, बिरसिह देउरुखी र बिरन जागरी कोषाध्यक्षमा दामा धामी, सचिव नारायण सिह धामी तथा सहसचिव बिरा महरा सहित २५ सदस्यीय कमिटी गठन गरिएको छ ।
