दार्चुला: दार्चुलाको लेकमा गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी हरि प्रशाद ओझाको गए राति असमयिक तथा अकल्पनीय निधन भएकाले आज शोक बिदा घोषणा गरिएको हो।
लेकमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार, पालिकाभित्रका सम्पूर्ण कार्यालय र संस्थाहरूमा एक दिने शोक बिदा दिइने निर्णय गरिएको छ।
