दार्चुला – दार्चुला जिल्लाको लेकम गाउँपालिका, वडा नं. ४ का २७ वर्षीय कार्यालय सहयोगी हरि ओझाले हिजो राति झुन्डिएर आत्महत्या गरेका छन्। ओझाले राति करिब ११ बजे आफ्नै घरनजिक रहेको सल्लाको रुखमा पासो लगाएका हुन्।

आत्महत्याको कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि लेकम गाउँपालिकाको एम्बुलेन्समार्फत गोकुलेश्वर अस्पताल पठाइएको छ।

मृतक ओझाको घरमा आमा र श्रीमती मात्रै रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय