दार्चुला — गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १२ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीका सरसामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले शैल्यशिखर नगरपालिका–८, देवलस्थित रामदत्त जोशीको घरमा छापा मारेको थियो।

रामदत्त जोशीको घरको कोठा भाडामा लिई बस्दै आएका बासुदेव जोशीले लुकाई छिपाई राखेको अवस्थामा भन्सार छलीका विभिन्न सामान बरामद गरिएका छन्। बरामद सामग्रीमा बिडी ३८ पेटी, सलाई ९ पेटी, सुर्ती ३ पेटी र चप्पल ३५९ जोर रहेका छन्।

बरामद गरिएका अवैध सामानहरू र बासुदेव जोशीलाई थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय, दार्चुला पठाइएको छ। प्रहरीले यस घटनालाई भन्सार छलीको विरुद्धको ठूलो सफलता मानेको छ।

प्रहरीले भन्सार छलीजस्ता गैरकानुनी गतिविधि रोक्न कडा निगरानी र आवश्यक कारबाही जारी राख्ने बताएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय