
दार्चुला – दार्चुला, लेकम गाउँपालिका-२ कुणीमा माओवादी केन्द्रको दोस्रो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनले हरिदत्त भट्टको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको हो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा लेकम गाउँपालिका इन्चार्ज रामदत्त जोशी प्रमुख अतिथि रहेका थिए। उनीसँगै जिल्ला कमिटी सदस्य प्रेम सिंह बिष्ट र गाउँ कमिटी सचिव तारा सिंह बोहराको पनि विशेष उपस्थिति थियो।
अधिवेशनले पार्टी संगठनलाई थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, उपस्थित नेताहरूले संगठनलाई गाउँस्तरमा मजबुत बनाउँदै आगामी दिनमा जनताको आवश्यकताअनुसार क्रियाशील रहने प्रतिवद्धता जनाएका छन्।
कार्यक्रममा स्थानीय स्तरका नेता, कार्यकर्ता र समर्थकहरूको उत्साहजनक सहभागिता रहेको थियो।