दार्चुला : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ।

त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको सम्मानजनक स्कोर बनायो। सुदूरपश्चिमका ब्रान्डन म्याकमुलनले उत्कृष्ट प्रदर्शन गर्दै ५३ रनको अर्धशतकीय योगदान गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन तथा विनोद भण्डारीले ३५ रन बनाएर टोलीलाई बलियो स्कोरतर्फ डोर्‍याए।

बलिङतर्फ काठमाण्डौ गुर्खाजका रशिद खानले २ विकेट लिए। यस्तै, हेरहार्ड इरास्मस, शहाब आलम र करण केसीले समान १/१ विकेट लिए।

अब काठमाण्डौ गुर्खाजले निर्धारित २० ओभरमा १६८ रनको लक्ष्य पछ्याउँदै जितका लागि मैदानमा उत्रिनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय