दार्चुला: दार्चुलाको लेकम गाउँपालिका वडा नं.–५ चौपातामा लक्ष्मी सनराइज बैंकको सहजिकरणमा १ दिने बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रममा बैंकिङ कारोबार, प्रणाली, र डिजिटल बैंकिङको उपयोगबारे जानकारी प्रदान गरिएको थियो। लक्ष्मी सनराइज बैंक लेकम शाखाका म्यानेजर धर्मराज जोशीको नेतृत्वमा नरेश जोशीलगायत बैंकका कर्मचारीहरूले सहजिकरण गरेका थिए।
कार्यक्रममा वडा अध्यक्ष बल्देब सिंह बोहरा, जनप्रतिनिधि, स्थानीय सेवाग्राही, र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। अभिमुखीकरणले विशेष गरी युवाहरूलाई प्रविधिको सही उपयोग गर्दै डिजिटल बैंकिङमा सहभागी गराउन र साना व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणाली अपनाउन प्रेरित गरेको थियो।
कार्यक्रमले स्थानीय तहमा बैंकिङ सेवा र डिजिटल कारोबारप्रति नागरिकहरूको पहुँच र रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।