दार्चुला: दार्चुलाको मार्मा गाउँपालिकामा “हामी सबैको प्रतिबद्धता; लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ।

मिति २०८१ मंसिर १० गतेदेखि मंसिर २६ गतेसम्म सञ्चालन हुने यो अभियानको उद्घाटन कार्यक्रम आज मंसिर २० गते मार्मा गाउँपालिकाको आयोजनामा सम्पन्न भयो। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत धर्मेन्द्र जोशी, स्वास्थ्य शाखा प्रमुख चक्र सिंह धामी, र निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक मोती सिंह बमलगायतका अधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रममा विभिन्न वडाबाट सहभागी महिला स्वयंसेविकाहरू, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरू, र स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रह्यो। लैङ्गिक हिंसा विरुद्ध जनचेतना फैलाउने उद्देश्यले र्याली समेत निकालिएको थियो।

कार्यक्रमले लैङ्गिक हिंसा अन्त्यका लागि सामूहिक ऐक्यबद्धता आवश्यक रहेको सन्देश प्रवाह गरेको छ। गाउँपालिकाले अभियानका क्रममा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय