दार्चुला: दार्चुलामा पछिल्लो समय क्षमताभन्दा बढी यात्रु ओसार्ने सवारी चालकहरूलाई कडा कारबाही गरिन थालिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार दैनिक रूपमा कारबाही गरिरहेको छ।
मंसिर ९ देखि १८ गतेसम्म मात्रै ७७ जना सवारी चालकलाई कारबाही गरिएको छ। प्रहरीका अनुसार मंसिर ९ गते १७ जना, १० गते १२ जना, ११ गते ८ जना, १२ गते १३ जना, १३ गते ११ जना, १४ र १६ गते ९-९ जना, र १८ गते ६ जना चालकलाई जरिबाना सहित कारबाही गरिएको हो।
कारबाहीका क्रममा छोटो तथा लामो दूरीका गाडीहरू, मोटरसाइकल र अटोचालक समेत परेका छन्। विशेष गरी क्षमताभन्दा बढी यात्रु बोकेका, कागजपत्र नभएका, वा अन्य उल्लंघन गर्ने सवारीसाधन चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०४००१ ज ००५ नम्बरको बोलेरो जिपका चालकलाई क्षमताभन्दा बढी यात्रु बोक्ने क्रममा कारबाही गरिएको थियो।
दार्चुलामा पछिल्ला दिनहरूमा ट्राफिक प्रहरीले चेकजाँचलाई थप कडाई गर्दै आएको छ, जसले गर्दा यात्रु सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।